तल्लो सान्जेन जलविद्युत कम्पनीको काम ४० मिटर बाँकी


सरस्वती न्यौपाने,रसुवा ।

 आमाछोदिङमो गाउँपालिकाको चिलिमेमा निर्माणाधिन तल्लो सान्जेन जलविद्युत कम्पनीको काम ४० प्रतिशत मात्र बाँकी रहेको छ ।
४२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत ग्रह निर्माणको काम पुरा भइसकेको र सुरुङबाट ल्याइएको पानी तीब्र रुपमा विद्युत गृहमा पठाउनका लागी आवश्यक पर्ने एक हजार मिटर लम्बाईको पेनस्टक पाईप राख्ने सुरुङ निर्माणको काम पनि धमाधम अगाडी बढ्नुका साथै निर्माण गर्नुपर्ने तिन हजार ६५० हेगरेस सुरुङ मध्येको सबै काम पुरा भई अवको निर्माणको काम भनेको ४० मिटर रहेको सान्जेन जलविद्युत कम्पनीका कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले बताउनु भयो ।

सान्जेन खोलाको तिलुचे बगरमा पानीको बाँध, एक हजार ३ सय मिटरको हेडरेस सुरुङ र विद्युत गृह समेतका संरचना निर्माणको काम पुरा भए पनि कोरोना भाइरसका कारण उपकरण जडान गर्ने जिम्मा लिएको एक चिनियाँ ठेकेदार कम्पनी प्राविधिक नआएका कारण उपकरण जडानमा समस्या आएको छ भने उता माथिल्लो सान्जेनमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाटको जलविद्युत आयोजना स्रोत भने निर्माणको काम समेत अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक श्रेष्ठ ले जानकारी दिनु भयो ।

आउँदो असार महिना सम्ममा उत्पादन गर्ने लक्ष्य लिइएको माथिल्लो सान्जेन चीनमा फैलिएको कोरोना भाइरस ले गर्दा चिनियाँ प्राविधिक आउन नसक्दा उत्पादनमा ढिलो हुने र तल्लो सान्जेन भने एक वर्षमा पुरा हुने बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।