‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ बारेमा देशभर छलफल



काठमाडौँ, (नेस)
अल्पसंख्यक तथा सीमान्तकृत युवाहरूको दृष्टिकोणबाट दिगो विकास लक्ष्यको कार्यान्वयन अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्।
यसै क्रममा भीएसओ नेपाल, नेपाल एसडीजी फोरम, एक्सनएड नेपाललगालयतका संघ संस्थासँगको सहकार्यमा युथ एड्भोकेसी नेपाललले सातवटै प्रदेशका विभिन्न स्थानमा बहुपक्षीय संवाद गरिरहेको छ।
हालसम्म प्रदेश नम्बर १ को विराटनगर, प्रदेश २ को जनकपुर, गण्डकी प्रदेशको नवलपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा संस्थाले कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ।
त्यस्तै आगामी मार्च १२ तारेकसम्म प्रदेश नम्बर ५ को नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र बागमती प्रदेशको हेटौंडा र काठमाडौंमा कार्यक्रम सम्पन्न गर्ने आयोजकको तयारी छ।
कार्यक्रममा विभिन्न क्षेत्रका तीन सयभन्दा बढी युवाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सहभागी युवालाई आयोजकले दिगो विकास लक्ष्य तथा ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’का बारेमा अभिमुखीकरण दिएको थियो।
त्यस्तै सहभागीलाई विभिन्न समूहमा विभाजन गरी दिगो विकासका १७ वटा लक्ष्यमध्ये युवाहरुसँग सम्बन्धित ९ वटा लक्ष्यका बारेमा सुझाव संकलन गरिएको आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा सहभागीहरूले दिएका सुझावलाई संकलन गरी प्रदिवेदन निर्माण गरिने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले बताए।
उनले राष्ट्रिय योजना आयोगले तयार पार्ने ‘स्वैच्छिक राष्ट्रिय समीक्षा’ प्रतिवेदनलाई थप सहयोग पु¥याउने उद्देश्यले उक्त प्रतिवेदन निर्माण गर्न लागिएको बताए।
नेपाल सरकारले सन् २०१७ मा संयुक्त राष्ट्रसंघद्वारा आयोजना भएको उच्चस्तरीय राजनीतिक राजनीतिक मञ्चमा ‘स्वैछिक राष्ट्रिय समीक्षा’ प्रतिवेदन प्रस्तुत गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्