लमजुङबाट एसईईमा तीन हजार एकसय चार परीक्षार्थी



शिक्षा पन्त, लमजुङ ।
लमजुङ जिल्लामा यस वर्षको एसईई परीक्षा दिने विद्यार्थी संख्या तीन हजार एक एक सय चार रहेको छ । उक्त परीक्षाको तयारी तिब्रताका साथ चलिरहेको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ ।

यो वर्ष आगमी चैत ६ गतेदेखी एसईई परीक्षा हुने तालीका प्रकाशन भइसकेको छ । परीक्षा केन्द्र १८ वटा रहेको छन् । जिल्लाबाट १०१ माविले आफ्ना विद्यार्थीलाई उक्त परीक्षामा सामेल गराउँदैछन् । स्कुल संख्या यसवर्ष एउटा थप भएको छ । थपिएको विद्यालय सुन्दरबजारको लालीगुराँस भएको शिक्षा विकास समन्वय इकाईका प्रमुख वीरबहादुर गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्