सिटिजन्स बैंकको ९४औं शाखा डोल्पाको जुफालमा



सिटिजन्स बैंक इन्टरनेसनलले डोल्पाको जुफालमा शाखा सञ्चालनमा ल्याएको छ।सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा सञ्जालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ। दुर्गम क्षेत्रका सर्वसाधारणले बैंंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको कुरा बैंकले जानकारी दिएको छ।
बैंकले प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ७, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ८ तथा सुदूरपश्चिम प्रदेशमा ७ गरी कुल ९३ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ।
बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ। प्राप्तिपश्चात बैंकको कुल शाखा १०८ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखा सञ्चालनमा आउने छन्।

प्रतिक्रिया दिनुहोस्