मेक्सिकोबाट लगानी भित्र्याउन पहल हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालका लागि मेक्सिकोका राजदूत फेडेरिको सलस र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच भेटवार्ता भएको छ। भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल र मेक्सिको बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नुपर्ने समय आएको बताउनुभयो। नेपाल र मेक्सिको बीच सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गर्नु हुँदै उहाँले उत्पादनमुलक क्षेत्र, पूर्वाधार, कृषि तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो।
सो अवसरमा राजदूत फेडेरिको सलसले मेक्सिको र नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि दुवै देशले आपसी सहयोगको सम्भावना खोज्नुपर्ने बताउनुभयो। नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न नेपालमा मेक्सिकोको लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो। लगानीको वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता पनि राजदूत सलसले उल्लेख गर्नुभयो।

Skip This