योजनाअनुरूप स्वास्थ्य चौकी स्तरोन्ति हुने



रसुवा, (नेस)

‘एक पालिका एक अस्पताल’ बनाउने योजनाअनुरूप रसुवाका दुई स्वास्थ्य चौकी स्तरोन्नति हुने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नति गर्न लागिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो। यस्तै, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ मा रहेको गोल्जुङ स्वास्थ्य चौकी र नौकुण्ड गाउँपालिकामा रहेको पारच्याङ स्वास्थ्य चौकी पनि स्तरोनति हुने भएका हुन्।

अघिल्लो वर्ष सरकारले २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ करोड बजेट विनियोजन गरी अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेकाले भवन निर्माणको काम थालिएको हो। यस वर्षका लागि स्तरोन्नति गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको शहरी विकास मन्त्रालयलाई पठाएको छ।

प्रतिक्रिया दिनुहोस्