एनआईसी एसिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने


एनआईसी एसिया बैंकले निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत बैंकका देशभर फैलिएका शाखा र विस्तारित काउन्टरबाट एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ।
उक्त योजना अनुसार फागुन १८ गतेदेखि वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ। बैंकका ३१९ शाखा, १०७ विस्तारित काउन्टर, ५६ वटा शाखारहित बैंकिङ इकाई एवम् ९ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।