तनहुँ, (नेस)
मुस्ताङमा अत्यधिक चिसो बढेसँगै तनहुँ आएका विद्यार्थी घर फर्किएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतियन क्याम्पभित्र सञ्चालित लेकश्यदछल निम्न माध्यामिक विद्यालयमा अध्ययनका लागि आएका मस्ताङी विद्यार्थी फर्किएका हुन् ।
जाडोमा हिउँ जम्न थालेपछि पढाइलाई निरन्तरता दिन शिक्षकसहित आएका १ सय ४३ विद्यार्थी करिव २ महिनापश्चात् मुस्ताङ फर्किएका छन् । शिक्षक तथा विद्यार्थी मुस्ताङ फर्किएको तिब्बेतीय क्याम्पले जनाएको छ । मुस्ताङमा चिसो बढेपछि विद्यार्थीको पढाइ प्रभावित हुन नदिन पुस महिनामा तनहुँ आएका विद्यार्थी र शिक्षकहरु फर्किएको मुस्ताङस्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक निग्मा ठिनि गुरुङले बताउनुभयो । उहाँका अनुसार जाडो लागेसँगै जीवनयापनमा समस्या भएपछि पुस महिनामा तनहुँ झरेको हो ।
‘हिँउले गर्दा बालबालिका घर बाहिर निस्कन समेत नसक्ने र विद्यालयमाउपस्थिति नै नहुने भएपछि यस्तो विकल्प सोचेका हौं ।’ –उहाँले भन्नुभयो । फरक ठाउँको पठनपाठनले विद्यार्थीहरुमा समेत सिकाईमा परिवर्तन आएको उहाँले बताउनुभयो ।











प्रतिक्रिया