नेपाल समाचारपत्र, काठमाडौं
अघिल्लो साता करिब दुई सय अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक चालँ साताको दुई दिनमा नै करिब डेढ सय अंकले ओेरालो लागेको छ ।
साताको दोस्रो दिन सोमबार नेप्सेमा भारी गिरावट हुँदा कारोबार अवधि बाँकी हुँदै कारोबार बन्द गरिएको थियो । नेप्से परिसँचक ६ प्रतिशतले ओरालो लागेपछि कारोबार बन्द गरिएको हो । सोमबार दिउँसो १ बजेर २९ मिनेटदेखि कारोबार स्थगित गरिएको हो । कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागेको बजार १ बजेर २९ मिनेटसम्म पुग्दा ९६ दशमलव शँन्य ६ बिन्दुले ओरालो लाग्न पुग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६ दशमलव शँन्य ६ प्रतिशत हो ।
कुल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोबार भएको थियो । यस्तै सेन्सेटिभ परिसँचकसमेत १९ दशमलव २० अंकले ओरालो लागेर ३२१ द्यशमलव ४३ बिन्दुमा झरेको छ । प्रतिशतका आधारमा सेन्सेटिभ परिसँचक ५ दशमलव ६४ प्रतिशतले ओरालो लागेको छ ।
सोमबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६८ लाख रुपियाँबराबरको शेयर कारोबार भएको थियो । यस्तै एनआईसी एसिया बैंकको १४ करोड ६१ लाख र एनएमबि बैंकको ८ करोड ९५ लाख रुपियाँबराबरको शेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका सबै समँहको परिसँचक घटेको छ । जसमध्ये सामँहिक लगानी कोषको सबैभन्दा कम १ दशमलव ७४ प्रतिशतदेखि निर्जीवन बीमाको परिसँचक सबैभन्दा धेरै ७ दशमलव ४६ प्रतिशतले घटेको छ ।
सोमबार प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, गरिमा विकास बैंक, आरएसडीसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्सुरेन्स, सँर्या लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेसनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुच्छ«े बैंक र एभरेष्ट बैंकको शेयर मँल्य ९ प्रतिशतभन्दा बढीले गिरावट भएको थियो।











प्रतिक्रिया