मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच सहकार्य

0
Shares

काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका सबै ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न स्थानमा रहेका होटल, रिसोर्ट, रेस्टुरेन्ट र क्याफेका सेवा तथा सुविधामा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिरशेखर बज्राचार्य र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बजार निर्देशक प्रभाकर खड्का हस्ताक्षर गर्नु भएको छ ।