काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा न्यूनतम १० हजार रुपियाँमा सहभागी हुन सकिनेछ ।
जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिनादेखि ६० महिनाको अवधि छनोट गरी वार्षिक ९ दशमलव ७५ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सक्नेछन् । यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर गरी उक्त समयावधिभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधासमेत रहेको छ ।
बैंकले हाल देशभर २७० शाखा, २४९ शाखा हित बैंकिङ, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।











प्रतिक्रिया