विजय नेपाली, पोखरा
चीनको उहानबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) विश्वका ३४ मुलुकमा फैलिइसकेको छ । कतारमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ । कतारका नेपाली भने कोरोनाकै त्रासले नेपाल फर्कन चाहान्छन् ।
पोखराका सूर्य खवास कतारको सनइयामा रहेका खवास प्रोफेसनल सर्भिस सेक्युरिटि कम्पनीमा कार्यरत हुनुहुन्छ । खवास कम्पनीले छुट्टी दिए नेपाल फर्किने बताउनुहुन्छ । ‘कम्पनीले कहिले पठाउँछ थाहा छैन, हामीसँगैको साथीलाई पनि संक्रमण भई अस्पतालमा राखेको छ ।’ –उहाँले भन्नुभयो । केहि समय अघिसम्म कम्पनीले बिरामीलाई सोही ठाउँमा राख्ने भने पनि पछि अस्पतालमा राखेको उहाँले जानकारी दिनुभयो । कतारमा नेपालीको ज्यान नगए पनि संक्रममित भने भएको उहाँले बताउनुभयो ।
खवास जस्तै खाडि गएका लाखौँ नेपाली अहिले त्रासमा बाचिरहेका छन् । यति मात्र होइन विदेसिएकाहरुको घर–परिवारसमेत अहिले चिन्तामा पर्ने गरेका छन् । कोरोना भाइरसको चपेटामा पारेको इरानबाट फर्काइएका व्यक्तिमा कोरोना देखिएको पुष्टि भएको छ । कतारको स्वास्थ्यमन्त्रालयलाई उद्धृत गर्दै कतारको समाचार संस्था क्यूएनएले जनाएअनुसार ३६ वर्षे संक्रमितको स्थिर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार मात्र विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको प्रकोप बढ्दै गएको जनाएको थियो । कतारमा करिब ५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेका छन् । अहिले विश्वभर कोरोनाबाट ८० हजार २ सय ३९ संक्रमित भएका छन् । विश्वभर मृत्यु हुनेको संख्या २६ सय ६६ पुगिसकेको छ । चीनमा ७७ हजार ७ सय ८० कोरोनाको संक्रमणमा परेका छन् ।











प्रतिक्रिया