फोर्ड एन्डेभर २०२० संस्करण नेपाली बजारमा



फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमाबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ। प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो। विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिसन भएको यस गाडीमा नयाँ २ लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको छ। यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपर खापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ।
उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ। विश्वको पहिलो १० स्पिड स्वचालित ट्रान्समिसनयुक्त यो कार सेलेक्ट सिफ्ट® टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडीहो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ।पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ। यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ। यसले गाडीभित्रको ध्वनीको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ, साथै आरामदायी, समानान्तरपार्क सहायतालगायतका फिचर यसमा राखिएका छन्।
१४ प्रतिशतसम्म इनधन खपतमा सुधार गरिएका,शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूबी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभुत्व स्थापित गर्ने आशा राखेको छ। २०२० फोर्ड एन्डेभरमाउन्नत २.० इकोब्लू डिजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इन्धन र पर्फरमेन्सका लागि यो अतुलनीय प्याकेज बन्न पुगेको छ। यसले उत्सर्जनलाई घटाएर कम इनधन खपत गर्दछ।एन्डेभरको यस संस्करणमा आइपुग्दा १७० पीएस पिकपावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई सानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ।

प्रतिक्रिया दिनुहोस्