परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णुकुमार अग्रवाल मनोनित हुन भएको छ। नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उहाँलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो।
परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषद्को सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आउनु भएको छ। परिसंघको १३औं वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित उहाँ विभिन्न उद्योग, बैंक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध हुनुहुन्छ। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ।

Skip This