सैनिक मुख्यालय ठडियोे, कामदार जिल्लाराम

0
Shares

भुपराज बस्याल, काठमाडौं
भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्र्याक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन्। २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाले भुक्तानी नपाएपछि सैनिक मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन्।
गत असारदेखि मुख्यालय सञ्चालनमा आएको भए पनि निर्माणको कार्यमा खटिएकाले भने भुक्तानी नपाएका हुन्। पैसा नपाएका कामदार र सब कन्ट्र्याक्टरहरूलाई नेपाली सेनाले मुख्य ठेकेदारलाई रकम भुक्तानी गरिसकेको बताएको छ भने ठेकेदारले भने सेनाले पैसा नै नदिएको बताउँदै आएपछि उनीहरू अलमलमा परेका थिए।
सिवाकोटीका अनुसार उक्त सैनिक मुख्यालय बनाउन ३ अर्ब ५१ करोडमा केसी कन्ट्रक्सनले जिम्मा लिएको थियो। निर्माणको जिम्मा केसीले साना ठेकेदारलाई जिम्मा दिएको थियो। तिनै साना ठेकेदारले मजदुर लगाएर गरेको काम भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको उहाँको भनाइ छ।
साना ठेकेदारले हालसम्म २० देखि २५ प्रतिशत मात्रै भुक्तानी पाएको दाबी गर्दै आएका छन्। भुक्तानी नपाएपछि प्रधानसेनापतिलगायत मुख्य ठेकेदारसम्मलाई ज्ञापनपत्र बुझाउँदासमेत आफ्ना कुरा सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको सिवाकोटीले बताउनुभयो। भुक्तानी नपाउँदासम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो।
भद्रकाली मन्दिरछेउमै रहेको सैनिक हेडक्वार्टरअगाडि गएर धर्नामा उनीहरू बस्दै आएका छन्।

Skip This