गुणस्तर कायम नगर्ने चार कम्पनीमाथि कारबाही

0
Shares

काठमाडौं, (नेस)
तोकिएको मापदण्डअनुसारको गुणस्तर कायम भएको नपाइएपछि सालिमारसहित तीन सिमेन्ट र एक स्टिल कम्पनीविरुद्ध नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
विभिन्न मिति र स्थानमा गरिएको बजार अनुगमनका क्रममा सालिमार सिमेन्ट, रिलायन्स सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र अशोक स्टिलले तोकिएको गुणस्तरको मापदण्ड पूरा गरेको नपाइएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।
कारवाहीस्वरूप अशोक स्टिलको इजाजत पत्र रद्द गरिएको छ भने सालिमार र रिलायन्स सुपरटेक सिमेन्टको इजाजत पत्र स्थगन गरिएको तथा एमजेप्पी सिमेन्टलाई स्पष्टीकरण सोधिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
‘यस विभागबाट विभिन्न मिति र स्थानमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरू विभागको प्रयोगशालामा परीक्षण गराउँदा प्राप्त परीक्षण नतिजा नेपाल गुणस्तर अनुरूप नपाइएकाले नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन, २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ’– विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Skip This