बत्तिमुनीको अँध्यारोमा उज्यालो बनाउन विकासका काम गरिन्छ: डा. कँडेल



नेपाल समाचारपत्र, धादिङ ।

बत्तिमुनीको अँध्यारोको रूपमा रहेको धादिङ कर्णालीभन्दा पनि विकासको सूचांकले पछाडि परेकोले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गर्नुभएको छ ।

विकासका हिसावले प्रतिव्यक्ति वार्षिक आय काठमाण्डौको २ हजार १ सय डलर रहेकोमा धादिङको ६ सय ७ डलरमात्र रहेको छ । कर्णालीको समेत वार्षिक प्रतिव्यीक्र आय ६ सय ३७ डलर रहेको छ ।

धादिङको विकास गनुपर्ने सूचिमा संघीय सरकारले राखेको बताउँदै डा. कँडेलले ७७ जिल्ला मध्ये विकासका हिसावले पछाडी परेकोले धादिङको विकासका लागि रुबीभ्याली सडक संजालले जोड्ने, १२ सय मेगावाटको बुढी गण्डकी जलविद्युत परियोजना निर्माण, पृथ्वीराजमार्ग समानात्तर हुनेगरि त्रिशुली वारी बैकल्पीक राजमार्ग निर्माण गर्ने, रुबीभ्याली हिमाली पर्यटन, धादिङबेसी तिप्लिङ हुँदै स्याप्रुबेसी सडक, गंगाजमुना पर्यटन विकास, भैरबी मन्दिर धार्मिक पर्यटन क्षेत्र विकास, महाभारत पर्यटन पदमार्ग, एक पालिका एक औद्योगिक क्षेत्र निर्माण का लागि काम गर्न संघीय सरकार समेत लागेकोले आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सातौं धादिङ महोत्सव स्थित कृषि प्रदर्शनीमा पुरस्कृत कृषकहरुलाई पुरस्कार वितरण गर्दै शनिबार यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

तथ्यांक प्रस्तुत गर्दै डा. कँडेलले भन्नुभयो– ‘नेपालको गरिवी मापन गर्दा १८ प्रतिशतमात्र रहेकोमा धादिङको २८ प्रतिशत रहेको छ भने धाराको पानी पिउने बागमति प्रदेशमा ९८ प्रतिशत रहेको छ तर धादिङमा ८० प्रतिशत मात्र रहेको छ ।’

राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदान दिनका लागि पालिकाहरूसंग निवेदन आव्हान गरेकोमा धादिङका १३ पालिकामध्ये १० पालिकाले मात्र आफूलाई बजेट चाहिएको भन्दै निवेदन दिएको उल्लेख गर्दै डा. कँडेलले धादिङको बढी विकास गर्नु पर्ने क्षेत्र रहेको पालिकाले रकम नमागेकोले किन यस्तो भएको भन्दै प्रश्न गर्नुभयो

२ सय ६१ जना कृषकहरुले गरेको कृषि प्रदर्शनीमा सहभागीमध्ये ५५ जना कृषकहरू पुरस्कृत भएका थिए । उनिहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्