शेयर बजार डेढ वर्ष अघिको स्थितिमा



नेपाल समाचारपत्र, काठमाडौं ।

निरन्तर उकालो लागेको धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक डेढ वर्ष अगाडिको स्थितिमा पुगेको छ ।

यस साताभर नेप्सेले उकालो यात्रा तय ग¥यो । साताभर कुल १ सय ८१ कम्पनीको ८ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४ सय ७४ रुपियाँबराबरको २ करोड ५३ लाख ३३ हजार ५ सय ५९ कित्ता शेयर कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक झण्डै २० अंकले बढेको थियो । त्यस दिन नेप्सेमा १९ दशमलव ३९ अंकले वृद्धि भई १३६३ दशमलव ९७ बिन्दुमा पुगेको थियो । कुल १ सय ७६ कम्पनीका ४१ लाख ५ हजार १ सय ३४ कित्ता शेयर १ अर्ब ९७ करोड ८१ लाख आठ हजार ७ सय १ रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार नेप्से परिसूचक ३४ दशमलव २४ अंकले बढेर १३९८ दशमलव २४ बिन्दुमा पुग्यो । त्यस दिन कुल १ सय ७५ कम्पनीका ६४ लाख ७४ हजार ७ सय ५० कित्ता शेयर २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४ सय ४२ रुपियाँमा कारोबार भएका थिए ।

मंगलबार नेप्से परिसूचक १ दशमलव ७७ अंकले वृद्धि भई १४ सय दशमलव शून्य १ बिन्दुमा पुगेको थियो । लामो समयपछि नेप्से परिसूचक १४सयभन्दा माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने दुई अर्ब रुपियाँमाथि पुगेको थियो । कुल १ सय ८१ कम्पनीका ५४ लाख ६८ हजार ४ सय ८३ कित्ता शेयर दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बुधबार नेप्से परिसूचकमा ५ दशमलव २४ अंकले वृद्धि भई १४०५ दशमलव २५ बिन्दुमा पुगेको थियो । त्यस दिन कुल १ सय ७७ कम्पनीको ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता शेयर एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३ सय ८९ रुपियाँमा कारोबार भएको थियो ।

साताको शुरूको दिनदेखि नै बढेको नेप्से परिसूचकले बिहीबार पनि निरन्तरता पायो । त्यसदिन नेप्से परिसूचक २९ दशमलव ३२ अंकले बढेर १४३४ दशमलव ५७ बिन्दुमा पुगेको थियो । कुल १ सय ८० कम्पनीका ५८ लाख २९ हजार ५ सय १० कित्ता शेयर दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९ सय ८ रुपियाँमा कारोबार भएको थियो ।

यस साता तीन बैंक तथा वित्तीय कम्पनीहरू शेयर बजारमा सूचीकृत भएका छन् । नेपाल क्रेडिट एन्ड कमर्स बैंकको बोनस शेयर, युनाइटेड इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर तथा लक्ष्मी बैंकको शेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्