रसुवामा एक कैदीको कैद मिनाहा



रसुवा, (नेस)

प्रजातन्त्र दिवसको अवसर पारी रसुवामा एक कैदीको कैद मिनाहा गरिएको छ।

कारागारमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई दिवसको अवसरमा कैद मिनाहा गरिएको हो। कारागार रहँदा अनुशासन असल आचरण तथा राम्रो व्यवहार गरेकाले कैद सजाय माफी भएको जिल्ला कारागार रसुवाले जनाएको छ।

ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका ती व्यक्ति जिल्लाभित्रकै रहेका छन्। सरकारले हरेक वर्ष बडादशंै, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस पारी असल आचरण भएका कैदीलाई कैदमुक्त गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्