जोशीले दिए चीनका लागि १० हजार मेडिकल माक्स



मोतीराम तिमल्सिना, काभ्रे

छिमेकी देश चीनमा देखिएको कोरोना भाईरसबाट संक्रमण फैलन नदिन विपद्मा नागरिकस्तरबाट चीन सरकारलाई सहयोग पु¥याउने उदेश्यले १० हजार थान मेडिकल माक्स दुतावास मार्फत हस्तान्तरण गरिएको छ ।

बनेपा–१३ साँगा निवासी क्लिन सिटी प्रालिका तर्फबाट अध्यक्ष सुकदेव जोशीले नेपालका लागि चिनिया राजदुत होय यान्छीलाई शुक्रबार माक्स हस्तान्तरण गर्नु भएको हो । यसअघि उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट मार्फत चिनिया राजदुत यान्छीलाई सोहि कम्पनीमा उत्पादन भएका १ लाख थान मेडिकल माक्स हस्तान्तरण गरिएको थियो ।

काभ्रे र उपत्यका आसपासका जिल्लाहरुमा माक्स उत्पादन हुने एउटै कम्पनी क्लिन सिटी हो । ‘छिमेकी देशलाई संकट परिरहेका बेला थोरै भए पनि सहयोग गरौ भन्ने उदेश्यले मेडिकल माक्स हस्तान्तरण गरिएको हो’, अध्यक्ष जोशीले भन्नुभयो– ‘थोरै थोरै सहयोगले पनि विपद्मा सहयोग पुग्ने आशा गरेका छौं ।’

मास्क लिँदै राजदुत यान्छीले विपद्मा सहयोग गरेकोमा नेपाल, नेपाली र जोशीसहित उहाँको कम्पनीलाई धन्यवाद र आभार ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्