स्टेचर वितरण



बैतडी, (नेस)
बैतडीको सुर्नया गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका , प्रहरी चौकी र विद्यालयलाई स्टेचर वितरण गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि ८३ वटा स्टेचर वितरण हो।

गाउँपालिकामा रहेका ६६ स्वयंसेविका, १० स्वास्थ्य चौकी, ३ प्रहरी चौकी र १ विद्यालयलाई स्टेचर वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुहुदैं गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउन आफू तयार रहेको बताउनुभयो । दुर्गम र यातायात नपुगेका नागरिक गम्भीर बिरामी परेमा स्टेचरले सहयोग पुग्ने उहाँको भनाइ रहेको छ । गाउँपालिकाले उक्त कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्