ब्राउन सुगरसहित एक पक्राउ   



भद्रपुर, (नेस)। 
प्रहरीले ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
झापा मेचीनगर नगरपालिका–६ भन्सार गेटअगाडि बाटोमा भारतबाट नेपालतिर पैदल नेपालतर्फ आइरहेका जलपाइगुडीस्थित थाना धुपगुडी ढेङकाली बजार घर भई नेपालको धुलाबारीमा डेरा गरी बस्ने वर्ष ३२ का सपन अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चेक जाँच गर्दा अधिकारीले लगाएको पाएन्टभित्र लुकाइ–छिपाइ ल्याएको अवस्थामा ५ ग्राम ब्राउन सुगर बरामद गरी झापा जिल्ला अदालतमा लागूऔषध मुद्दा दर्ता गराएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
त्यसै गरी अवैध रुपमा भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाँदै गरेको सुपारी, मोटर, लत्ता कपडालगायतका ४ लाख ९२ हजार ६ सय रुपियाँ मूल्यबराबरको सामान बरामद भएको छ। सामान बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्