विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ 



संखुवासभा, (नेस)
संखुवासभाको चैनपुर–१ को गुफापोखरीबाट नेकपा विप्लव समूहका जिल्ला सदस्यसहित ५ जनालाई विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको छ।
संखुवासभा जिल्लाका विभिन्न स्थानमा आगजनी र बम विस्फोट गरिरहेकाको खोजी गर्ने क्रममा उनीहरूलाई जिल्लाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट जोरपाटी जाने सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा गस्ती टोलीले बमसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो।
गुफापोखरीबाट जोरपाटी सडक खण्डमा हिँडिरहेका विप्लवका कार्यकर्ताले गस्ती टोलीलाई देख्नासाथ शंकास्पद गतिविधि गर्दै प्रहरीमाथि आक्रमण गरेका र प्रहरीले हवाइ फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
पक्राउ परेका जिल्ला सदस्यसहित ५ जनाको साथबाट रेडबुल बम, सकेट बम, विस्फोटमा प्रयोग हुने सेप्mटी प्mयुजलगायत कागजात बरामद गरिएको छ। पक्राउ पर्नेमा चैनपुर–४ दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित ५ जना रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्