अवैधरूपमा चाँदी र तामाको कारोबार गर्ने समातिए



भद्रपुर, (नेस)।
चाँदी र तामाका विभिन्न सामग्रीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
झापा मेचीनगर नगरपालिका–६ स्थित नेपाल–भारत आवतजावत गर्ने बाटो हँुदै नेपालबाट भारततर्फ जाँदै गरेका काठमाडांै महानगरपालिका–६ बौद्ध बस्ने वर्ष ३४ का अजित नगरकोटी र सोही पालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेका डीएसपी राजेन्द्र पोखरेलले बताउनुभयो।
नेपालबाट अवैध रूपमा चोरी निकासी गरी भारततर्फ लैजाँदै गर्दा आइतबार दिउँसो १४ किलो चाँदी र २१ किलो तामा बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
चाँदी र तामाका सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाइएको डीएसपी पोखरेलको भनाइ छ। प्रहरीले बुझाएको सामानको प्रचलित बजार भाउ ९ लाख ९८ हजार २ सय ९ रुपियाँ ८७ पैसा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्