सिभिल बैंकको १०८ औं शाखा कलैयामा



सिभिल बैंकले बारा जिल्लाको कलैयामा शाखा सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच सिभिल बैंक सञ्चालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा सिभिल बैंकको कलैया शाखाको उद्घटन गर्नुभयो।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सीसीटीभी क्यामेरा प्रदान गरिएको कम्पनीले जनाएको छ। सिभिल बैंकले हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकबाट ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्