मकवानपुरगढीमा जीपलाइन



हेटौंडा, (नेस)।

मकवानपुरगढी गाउँपालिका–२, तल्लाखर्कमा जीपलाइन सञ्चालनमा आउने भएको छ। फागुन २ गतेबाट सञ्चालन गरिने सञ्चालक रविकुमार श्रेष्ठले बताउनुभयो।भ्रमण वर्ष २०२० लक्षित गरी मकवानपुरमा पहिलोपटक जीपलाइन सञ्चालन गरिने उहाँले बताउनुभयो।

ऐतिहासिक गढी दरबार रहेको स्थाननजिक सञ्चालन हुने मकवानपुरगढी जीपलाइन होटल गढी भ्युरिसोर्ट निर्माणमा १५ करोड लगानी रहेको उहाँले बताउनुभयो। हेटौंडाबाट करिब २० किलोमिटरमा रहेको जीपलाइन मकवानपुरका लागि नौलो रहने र यो चितवन, बारा, पर्सा र रौतहटसहित छिमेकी राष्ट्र भारतका पर्यटकका लागि आकर्षकको केन्द्र रहने सञ्चालक श्रेष्ठको दाबी छ।

पाँच जनाको संयुक्त लगानीमा निर्माण गरिएको समूहले यसअघि काभ्रेमा पनि सञ्चालन शुरु गरिसकेको छ। १ किलोमिटर रहेको जीपलाइनमा सिंगल, डबल खेल्न सकिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्