हिमालयन बैंकको अध्यक्षम गौतम निर्वाचित



काठमाडौं, (नेस)।

हिमालयन बैंकको सञ्चालक समिति अध्यक्षमा तुलसी प्रसाद गौतम चयन हुनुभएको छ। बैंक सञ्चालक समितिको माघ २९ गते बसेको ३८१आंै बैठकले गौतमलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।

नवनियुक्त अध्यक्ष गौतमलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो। सपथ ग्रहण समारोहमा बैंकका सञ्चालक फैजल एन ललानी, प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणालगायतको उपस्थिति थियो। गौतम संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्