६ महिनामा बैंकहरूको नाफा साढे ३२ अर्ब



काठमाडौं, (नेस)।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूले ३२ अर्ब ४२ करोडभन्दा बढी नाफा कमाएका छन्। सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस बैंकले २ अर्ब २० करोड ९४ लाख नाफा कमाएको छ। त्यस्तै सबैभन्दा कम सिभिल बैंकले ३१ करोड ६२ लाख रुपियाँ नाफा गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक – २ अर्ब २० करोड ९४ लाख
नबिल बैंक-  २ अर्ब ४ करोड १८ लाख
एनआईसी एसिया बैंक -२ अर्ब १ करोड ६२ लाख
हिमालयन बैंंक -१ अर्ब ७४ करोड २४ लाख
ग्लोबल आइएमई बैंक -१ अर्ब ६८ करोड ५९ लाख
नेपाल इन्भेष्टमेन्ट बैंक -१ अर्ब ६६ करोड ६१ लाख
एनएमबि बैंक- १ अर्ब ६३ करोड ६० लाख
कृषि विकास बैंक- १ अर्ब ५८ करोड १७ लाख
एभरेष्ट बैंक- १ अर्ब ५० करोड ९८ लाख
नेपाल बैंक- १ अर्ब ३५ करोड २३ लाख
प्राइम कमर्सियल बैंक- १ अर्ब ३० करोड ७ लाख
स्टयान्डर्ड चार्टर्ड बैंक -१ अर्ब २२ करोड ६९ लाख
सानिमा बैंक -१ अर्ब १४ करोड ७४ लाख
प्रभु बैंक- १ अर्ब ८ करोड ५७ लाख
सिद्धार्थ बैंक- १ अर्ब २ करोड ६५ लाख
नेपाल एसबीआई बैंक -१ अर्ब ७ लाख
मेगा बैंक नेपाल- ९५ करोड २ लाख
सन्राइज बैंक- ९४ करोड ४३ लाख
लक्ष्मी बैंक- ९० करोड ३० लाख
बैंक अफ काठमाण्डू -८८ करोड ३८ लाख
माछापुच्छे« -बैंक ८२ करोड १८ लाख
नेपाल बंगालादेश बैंक -८० करोड ७७ लाख
कुमारी बैंक -८० करोड ३० लाख
एनसीसी बैंक- ७५ करोड ६३ लाख
सिटिजन्स बैंक -६८ करोड ७७ लाख
सेञ्चुरी बैंक -६५ करोड २ लाख
सिभिल बैंक-३१ करोड ६२ लाख

प्रतिक्रिया दिनुहोस्