शेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस)।

साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको छ। यसदिन नेप्से १७ दशमलव ११ अंकले वृद्धि भई १३४१ दशमलव ३८ बिन्दुमा पुगेको छ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार सोमबार सामान्य अंकले बढेको थियो। आइतबार नेप्से परिसूचक १३ दशमलव ७० अंकले घटेर १३१९ दशमलव ९९ विन्दुमा झरेको थियो। सोमबार नेप्से ४ दशमलव २८ अंकले बढेर १३२४ दशमलव २६ विन्दुमा पुगेको थियो।

मंगलबार भने शेयर बजारमा दोहोरो अंकको वृद्धि देखा परेको हो। यसदिन सेन्सेटिभ परिसूचक ३ दशमलव ७५ अंकले बढेर २८५ दशमलव ३७ विन्दुमा पुगेको छ। कुल १ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता शेयर एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपियाँमा किनबेच भएका छन्। यसदिन कारोवार भएका कुल १२ उपसमूहमध्ये मंगलबार व्यापार उपसमूहबाहेक सबैको शेयर कारोबारमा वृद्धि भएको छ।

यस दिन व्यापार समूह १० दशमलव ६७ अंकले घट्दा बैंकिङ समूह १४ दशमलव ४८ अंक, होटल समूह १ दशमलव ५६ अंक, विकास बैंक समूह १८ दशमलव ६४ अंक, जलविद्युत् ९ दशमलव ८९ अंक, वित्त समूह २ दशमलव ९१ अंक, निर्जीवन बीमा समूह ९३ दशमलव ४७ अंक, उत्पादन समूह २० दशमलव २६ अंक, अन्य समूह ६ दशमलव ३९ अंक, लघुवित्त समूह ७० दशमलव २२ अंक, जीवन बीमा समूह ५३ दशमलव २६ अंक र सामूहिक लगानी कोष समूह शून्य दशमलव १६ अंकले बढेको छ।

कारोबारका आधारमा मंगलबार शिवम् सिमेन्ट सबैभन्दा अगाडि रहेको छ। यस कम्पनीको १५ करोड २ लाख रुपियाँबराबरको शेयर कारोबार भएको छ। यस्तै एनआईसी एसिया बैंकको ११ करोड २३ लाख, सिभिल बैंकको ८ करोड ३४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कालिका पावरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव शून्य ८ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्