रुकुम पूर्व जिल्लाको सदरमुकाम तोक्न माग गर्दै प्रदर्शन



न्युज अफ नेपाल, काठमाडौं ।

रुकुम पूर्व जिल्लाको सदरमुकाम तोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । गोल्खाडालाई रुकुम पूर्व जिल्लाको सदरमुकाम कायम गर्न माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो।

मन्त्रिपरिषद बैठकले माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका १२ गोल्खाडालाई सदरमुकाम तोके पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेको एक प्रदशनकारीले बताए ।

रुकुम पूर्व जिल्ला सदरमुकाम गोल्खाडा सरोकार समितिको आयोजनामा रुकुम पूर्वका वासिन्‍दाको एक समूहले प्रदर्शन गरेका हुन ।

मन्त्रिपरिषद बैठकले माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका-१२ गोल्खाडालाई सदरमुकाम तोक्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । प्रारम्भिक सुनुवाईका क्रममा अदालतले मन्त्रिपरिषदको निर्णय खारेज गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्