‘आरन’बाटै चार जनाको परिवारको गुजरा



सरस्वती नयौपाने, रसुवा ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका– ६, धुन्चे निवासी सिताराम कामीले आफ्नो परम्परागत रुपमा रहेको आरन व्यावसायबाट चार जनाको परिवार पाल्नुभएको छ ।

बुद्ध मन्दिर आरन सेवा केन्द्रनाम दर्ता गरी परम्पराको आरनलाई परिमार्जित गर्दै उहाँले खुकुरी, हसिया, कोदालो, बन्चरो लगाएतका अडर अनुसार का सामानहरु बनाउनुहुन्छ । व्यक्तिगत रुपमा सञ्चालन गरिरहेको परम्परागत कामलाई लोप हुनबाट जर्गेना गरी नयाँ शैलिबाट काम थालनी गरी ४ जनाको परिवारलाई धानेको उहाँले बताउनुहुन्छ ।

अन्त जिल्लाबाट बसाई सरेर थाई रुपमानै रसुवाको धुन्चेमा बसोबास गर्ने उहाँको कामप्रति सबैले राम्रो नै मानेका हुन्छन् । दैनिक रुपमा आम्दानीको लेखाजोखा गर्न त सकिँदैन तर यस कामले सन्तुष्ट भने दिएको कामीले बताउनुभयो ।

‘दुःख गरे जहाँपनि हुन्छ’ भन्ने कुरालाई अनुसरण गर्ने सिताराम कामी- ‘विदेश नै जानुपर्छ भन्ने होइन, आफुले जानेको सिपलाई नेपाल मै बसेर पनि कमाउन सकिन्छ’ भन्ने मान्यता राख्नुहुनछ र आफ्नो काम प्रति विश्वस्त रहनुभएको छ ।

२०६८ सालमा आन्तरिक राजश्व कार्यालय र उद्योग वाणिज्य संघमा दर्ता गरि काम गरिरहेका उहाँ मिहिनेत गर्नेलाई जहाँ पनि खाली बस्नु पर्दैन, काम सानो ठुलो हुदैन भन्ने मान्यताले ओतप्रोत भई आफ्नो कामप्रति गर्व गर्नुहुन्छ ।

साधारण लेखपढ मात्र भएका सिताराम कामी हातको सिप भएपछि लेखपढ नभएपनि कसैसगँ हारण्गुहार गर्नु परेको छैन । एक छोरा र एक छोरी र श्रीमती छन् । काममा उनिहरुले पनि सघाउने गरेको उहाँ बताउनुहुन्छ । आफुले त निरन्तरता दिइरहेको छु छोरा छोरीले काम समाल्छ कि समाल्दैन भन्ने चिन्ता रहेको समेत उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्