नेपाल लाइफको ‘स्किल डेभलपमेन्ट’ कार्यक्रम सम्पन्न



काठमाडौं, (नैस) ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सीईओ झाले इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताउनुभयो ।

त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरू अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्