बैंक अफ काठमाण्डू कनेक्टस् आईपीएसमा



बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो खातालाई कनेक्टस् आईपीएसमा पहिलोपटक रजिष्ट्रेशन गर्दा सय रुपियाँ ग्राहकको खातामा उपलब्ध गराउने सहमति भएको छ।

बैंकका ग्राहकले कनेक्टस् आईपीएसमा खातालाई पहिलोपटक लिंक गरी बैंकबाट भेरीफाई पश्चात् ग्राहक महानुभावको आफ्नै खातामा सय जम्मा हुनेछ।

ग्राहक महानुभावले कनेक्टस् आईपीएसमा रजिस्ट्रेशनपश्चात् घरमा बसी–बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुविधाको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्