सुजुकी ‘खुसीको साँचो’ अफर



काठमाडौं, (नेस)।

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम् दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपियाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बीमाको सुविधा पाउनुहुनेछ।

यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध हुनेछ। सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी बिक्री गर्दै आएको छ। सुजुकी ‘खुसीको साँचो’ अफर सीमित अवधिका लागि लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्