नेपाल व्यवस्थापन संघको अध्यक्षमा श्रेष्ठ



काठमाडौं, (नेस)। 

नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। संघको ३९औं वार्षिक साधारण सभाले श्रेष्ठलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको हो।

श्रेष्ठसँगै संघको प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र द्वितीय उपाध्यक्षमा आइएमईका कार्यकारी निर्देशक सुमन पोखरेल हुनुभएको छ। मिश्र संस्थागत सदस्यबाट उपाध्यक्ष निर्वाचित हुनुभएको हो भने पोखरेल व्यक्तिगत तर्फबाट संघको सदस्यमा निर्वाचित हुनुभएको हो।

संघको महासचिवमा भने कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्