सुनको मूल्य स्थिर

0
Shares

आज पनि सुनको मूल्य स्थिर छ । आइतबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुन मूल्य आज पनि यथावत रहेको छ। प्रतितोला ७६ हजार रुपैयाँमै किनबेच भइरहेको छ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुनः उचाइमा पुगेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य ७४ हजारसम्म आएकोे थियो। पुनः बढेर ७६ हजार पुगेको छ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, अहिले पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

Skip This