प्रभु इन्स्योरेन्सको लाभांश पारित



प्रभु इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर तथा करसहित ११ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी जम्मा १६ दशमलव ३२ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहँुंदै कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै ग्राहकलाई आवश्यक सेवा छिटो छरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको नीति अनुरुप बीमा क्षेत्रमा टेवा पुर्याउन प्रतिबद्ध रहेको बताउनुभयो।

कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधि प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा सुविधा दिनेतर्फ जोड दिइएको बताउनुभयो। बोनस शेयर बितरणपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्