सेञ्चुरी बैंकको लाभांश प्रस्ताव



सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिको ३०३औं बैठकले असार मसान्तमा कायम चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपियाँको २ प्रतिशतले हुन आउने रकम १६ करोड ८३ लाख ९ लाख ४२३ रुपियाँ बोनस शेयर वितरण गर्ने र कुल चुक्ता पुँजीको ४ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपियाँ नगद लाभांश (करसहित) वितरण गर्नको लागि प्रस्ताव गरिएको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण तथा अनुसूचीहरू प्रकाशन गर्न तथा प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पारित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्