सेञ्चुरी र मौर्या होटलबीच सम्झौता



सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका–१३, भैरहवास्थित मौर्या होटल प्रालिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शयेरधनीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ।

सम्झौताअनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहक तथा बैंकका संस्थापक शयेरधनीले होटलको रुम बुकिङ, फुड एन्ड बेभेरेज, लौन्ड्रीलगायतका सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन्।

उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक विशाल गुप्ता र मौर्या होटल प्रालि व्यवस्थापकीय सञ्चालक रामबहादुर कोइरीले हस्ताक्षर गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्