एभरेष्ट र प्राइम लाइफ इन्स्योरेन्सको घुम्ती शिविर



एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीद्वारा संयुुुक्त रुपमा घुम्ती बीमा सेवा ठाकुरबाबा मन्दिर परिसर बर्दियाबाट शुरूवात गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले बीमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनीमार्फत घुम्ती बीमा सेवाको अवधारणा अगाडि बढाइएको जानकारी दिनुभयो।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहकको चाहना बमोजिम भविष्यको लागि बचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बीमा सेवा लिई आफ्नो धनसम्पत्तिको सुरक्षाको सुनिश्चितता गरी व्यवसाय सञ्चालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायीलाई अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्