टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर



नेपाल समाचारपत्र,काठमाडौँ।

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर ल्याएको छ। उक्त अफर माघ २२ गतेदेखि नै लागू भई आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले यसभन्दा पहिले उपलब्ध अटम अफरअन्तर्गतका सेवामा केही थप सुविधा तथा नयाँ प्याकेजसमेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ। जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिन्छ।

अल टाइम डाटा प्याक : यसअन्तर्गत १५ रुपियाँदेखि ७ सय रुपियाँसम्मका प्याक उपलब्ध छन्। यसअन्तर्गत ६० एमबीदेखि १४ हजार एमबीसम्मका प्याकेज खरिद गर्न सकिने छ। यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिनदेखि २८ दिनसम्म हुनेछ।

त्यस्तै डे डाटा प्याक : बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याकअन्तर्गत अब १५ रुपियाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ। साथै १० रुपियाँमा ८० एमबी डाटासमेत प्रयोग गर्न सकिनेछ। यी दुवै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिनेछ।

नाइट डाटा प्याक : बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपियाँमा ४ सय एमबी खरिद गर्न सकिने छ। अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत १ रातको १८ रुपियाँ र ७ रातिको ९० रुपियाँमा प्याक उपलब्ध गराइएको छ।

सोसियल मिडिया प्याक : यसअन्तर्गत फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ। १० रुपियाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपियाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपियाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ। यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिने छ।

युट्युब (स्ट्रिमिङ) डाटा प्याक : युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ। यी प्याक क्रमशः १५ रुपियाँ, ३० रुपियाँ र ६० रुपियाँमा खरिद गर्न सकिन्छ। यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ।

डे टाइम भ्वाइस प्याक : यसअन्तर्गत अब १५ रुपियाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ। त्यसैगरी १० रुपियाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ। यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिनेछ।

पोष्टपेड प्याक : जीएसएम पोष्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपियाँको नयाँ प्याक समेत थप भएको छ। यसअन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ। सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ।

बिग डाटा प्याक : नयाँ प्याकका रुपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ। यस अन्तर्गत १ हजार ६ सय रुपियाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपियाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ। कम्पनीले अटम अफरको रुपमा उपलब्ध गराइरहेका अन्य अफरहरू भने विन्टर अफरमा पनि यथावत् रहेका छन्। पहिलोपटक नेपाल टेलिकम एप डाउनलोड गर्ने ग्राहकलाई एक सय एमबी डाटा भोल्युम बोनसको रुपमा समेत उपलब्ध कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्