यातायात व्यवस्थापन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर



प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

उक्त काउन्टर विराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रविन कार्कीले उद्घाट्न गर्नुभएको हो।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात व्यवस्थापन कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र यातायात व्यवस्थापन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटीएम, ४४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्