हुवावेको वाई सिक्स एस बजारमा



हुवावेले आफ्नो वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा हुवावे वाई सिक्स एस सार्वजनिक गरेको छ। वाई सिक्स एसको ६.०९ इन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ।

वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन्। वाई सिक्स एस दुई वटा रङ (कालो र नीलो) मा उपलब्ध छ।

हुवावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा पनि रहेको छ। हुवावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ। यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा सञ्चालन हुन्छ। ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ।

जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफंै प्रयोगकर्तालाई अनावश्यक फाइल हटाउन रिमाइन्ड गर्दछ। ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ।

हुवावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामेराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ। यस स्मार्टफोनमा भएको एफ १.८ एपर्चर लेन्सले सुधारिएको लाइट सेन्सिभिटी रहेको छ, जसमा अन्य बजेट फोनभन्दा निकै उत्कृष्ट क्षमता रहेको कम्पनीको दाबी छ। ३ जिबी ६४ जिबीयुक्त हुवावे वाई सिक्स एसको बजार मूल्य १४ हजार ९९० रुपियाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्