‘बीमा कम्पनीको सेवामा गुणस्तर आवश्यक’



काठमाडौं, (नेस)।

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरूले सेवाको गुणस्तर र पहुँचमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै उहाँले बीमाका सेवाहरूको विस्तारमा ध्यान दिन आग्रह गर्नुभएको हो।

उहाँले बीमा कम्पनीहरूको संख्या धेरै भएकाले मर्जमा जान समेत सुझाव दिनुभयो। बजारमा प्रतिस्पर्धा बिना नै बीमा प्रिमियम तोक्दा बीमाको दर उच्च रहेको बताउँदै त्यसमा सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो।

अर्थमन्त्री खतिवडाले बीमा बजारमा माइक्रो इन्स्योरेन्स पोलिसिहरूको आवश्यकता रहेको र त्यसमा बीमा कम्पनीहरूलाई सोच्न समेत आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्