एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’



एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइनमा असीमित कुरा गर्न सक्नेछन्। नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ।

यो अफरमा ग्राहकले सय रुपियाँमा (करसहित १२७ दशमलव ६९ रुपियाँ) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन्। यो भ्यालेन्टाइन अफर माघ २४ गतेदेखि लागू भई ३ महिनासम्म सञ्चालनमा रहनेछ।

यस भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याउनलागिएको यो अफरअन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन्।यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि सात दिनसम्म समयावधि रहनेछ। ग्राहकले एस्टिक्«स १७११८ एस्टिक्«स २ एस्टिक्«स ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन्।

भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धलाई अझै प्रगाढ बनाउन योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ।

प्रतिक्रिया दिनुहोस्