डिस होम विश्वकप क्रिकेट लिग–२ को मुख्य प्रायोजक



एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ। डिसहोमको मुख्य प्रायोजन रहेको विश्वकप क्रिकेट लिग दुई यही माघ २९ गतेसम्म कीर्तिपुरमा चल्ने छ।

नेपालसहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन्। जसमा कुल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन्।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ। त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्