मेगा बैंककोे घर, गाडी कर्जाको नयाँ योजना



मेगा बैंक नेपालले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ। ‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा बैंकले ‘मेगा आवास तथा सवारी साधन कर्जा योजना’ ल्याएको हो।

ग्राहकलाई अत्याधिक सुविधायुक्त विशेषताहरू रहेको यस नयाँ कर्जा योजनामा पहिलो घर खरिद गर्ने ग्राहकलाई मूल्यांकनको ७० प्रतिशतसम्मको फाइनान्सिङको व्यवस्था गरिएको बैंकले जनाएको छ।

यस्तै, आवास निर्माणका लागि अधिकतम् एक सय प्रतिशतसम्म फाइनान्सिङ सुविधाको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ।

कर्जाको भुक्तानी अवधि ३५ वर्षसम्म रहने यस कर्जा योजनामा ३ वर्षसम्म निश्चित ब्याजदर रहेको छ। यसका साथै, आवास कर्जा लिने घरका लागि आवश्यक घरेलु उपकरण, घरायसी सामग्री, हार्डवेयर सामग्री, फर्निचरलगायतका सामग्रीमा विशेष छुट हुनेछ।

आवास कर्जासँगै सवारी साधन कर्जा लिन चाहने ग्राहकले यस योजनाबाट विशेष लाभ लिन सक्ने मेगा बैंकले जनाएको छ। बैंकका अनुसार सवारी साधन कर्जाको अवधि अधिकतम् १० वर्षसम्म हुने यस योजनामा उल्लेख छ।

अन्य आकर्षक सुविधासमेत रहेको यस कर्जा योजनामा सम्पूर्ण कागजात पेश गरेको ७ दिनभित्र नै कर्जा प्रदान गरिने मेगा बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्