प्राइम बैंकले साढे ३ अर्बको ऋणपत्र जारी गर्ने



प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपियाँबराबरको ऋणपत्र निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले १० दशमलव ५ प्रतिशत ब्याजदरको आठ वर्षको समयवधिमा भुक्तानी फिर्ता गर्ने गरी हजार रुपियाँ अंकित दरको ३५ लाख कित्ताबराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। उक्त ऋणपत्रमध्ये २१ लख कित्ता व्यक्तिगत तवरबाट र बांँकी सामूहिक लगानी कोषसमेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।

ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता–पत्रमा बिहीबार हस्ताक्षर भयो। उक्त सम्झौत पत्रमा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ।

आरबीबी मर्चेन्ट बैकिङ राष्ट्रिय बाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहेको धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ हो।चालू आवको दोस्रो त्रयमासको प्रतिवेदनअनुसार प्राइम कमर्सियल बैंकको चुक्ता पँुजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ ह्जार ७ सय र जगेडा कोषमा ३ अर्ब १९ करोड ६७ लाख ३१ ह्जार २५३ रुपियाँ रहेको छ। त्यस्तै सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ८६ रुपियाँ रहेको छ। साथै बैंकको सञ्चित आय २ अर्ब ४६ करोड ११ लाख १७ हजार १३९ रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्