सरकारले पाँच स्थानमा औद्योगिक ग्राम घोषणा गर्दै



नेपाल समाचारपत्र, काठमाडौँ।

सरकारले देशका विभिन्न पाँच स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ।डोटीको जोरायल गाउँपालिका– २, बझाङको तलकोट गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ६, स्याङ्जाको चापाकोट नगरपालिका– ९ र स्याङ्जाकै गल्याङ नगरपालिका– १ लाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकल बास्कोटाले उक्त जानकारी दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस्