ज्योति विकास बैंकद्वारा सहयोग



ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धी अनुसन्धानमा सहयोग गरेको छ। तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानका लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत १० लाख बराबरको आर्थिक सहयोग गरेको छ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सीओओ यमबहादुर महतले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धानमार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास बैंकले सहयोग गरेको हो।

ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ। हालसम्म बैंकले २ लाख ६० हजारभन्दा बढी खाताबाट ३४ अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २८ अर्बभन्दा बढी लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्